विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्छ : महामन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताउनु भएको छ ।

विराटनगरमा शुक्रबार आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताउनु भएको हो ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।

आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाउनु भएका महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएको कमिकमजोरीको समीक्षा गरेर यसपटक आफूहरु सेरेमोनियल राष्ट्रपति निर्वाचनमा धेरै सक्रियता देखाउनुपरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?