टेलिकमको सेवा सञ्चालन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्न अन्डरग्राउण्ड केबल, एरियल केबल, फाइबरलगायतका संरचनासँग विभिन्न उपकरण आबद्ध गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ । सडक, खानेपानी, ढल, विद्युत्लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा उल्लेखित संरचनामा क्षति पुग्ने गरेकाले सेवा प्रभावित हुने गरेको जनाएको छ ।

सोही क्रममा काठमाडौं उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तीगौंडा, खुशिबु, तीनकुने, लुभु, कीर्तिपुरलगायत विभिन्न स्थानमा पछिल्ला दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही समय सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको कम्पनीले जनाएको छ ।

सोही अवस्था मध्यनजर गरी संरचना निर्माण वा विस्तारका क्रममा सम्बन्धित निकायबीच समन्वय र सहकार्य हुनुपर्नेमा कम्पनीले जोड दिएको छ । दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवासमेत भएकाले सम्बन्धित पक्ष तथा आमसर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन पनि कम्पनीले आग्रह गरेको छ । संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?