विराटनगर गोल्डकपको टिकेटिङ पार्टनरमा खल्ती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विराटनगरमा आयोजना हुने विराट गोल्डकपसँग खल्ती एप जोडिएको छ । टिकेटिङ पार्टनरका रूपमा खल्ती विराट गोल्डकपसँग जोडिएको हो । आयोजक विराट गोल्डकप ट्रस्ट र खल्ती एपबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार खल्तीबाट टिकट बिक्री हुनेछ । विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालमा आयोजना हुँदैछ ।

उक्त प्रतियोगिताको तयारी तीव्र पारिएका बेला खल्ती पनि गोल्डकपसँग जोडिएको हो । दुवै पक्षको सहमतिअनुसार सम्झौता रकम भने खुलाइएको छैन । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै साढे २ करोड लाग्ने अनुमान गरिएको छ ।

अबको केही दिनमै प्रतियोगिताको स्पोन्सर (प्रायोजक) सार्वजनिक गर्ने तयारी भइरहेको इभेन्ट म्यानेजर सरोज लम्सालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?