बैतडी । बैतडीको पाटन नगरपालिकाले पुरानै प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता दिन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । शुक्रबार मन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकाले साउनयता जिम्मेवारीमा रहनुभएका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन माग गरेको हो । मन्त्रालयले यही फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव ओमप्रकाश पाण्डेयलाई खटाउने निर्णय गरेको थियो । तर, नगरपालिकाले भने पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नै निरन्तरता दिन भन्दै पत्र पठाएको हो ।
नगरपालिकाले मन्त्रालयमा पेश गरेको पत्रमा चालु आर्थिक वर्षमा गर्नुपर्ने कामका विषयमा भट्ट अनुभवीसमेत रहेको ठहर गर्दै भट्टलाई निरन्तरता दिन आग्रह गरेको छ । नगरप्रमुख गौरीसिंह रावलले नयाँ कार्यालय प्रमुखका रूपमा आउन लाग्नुभएका सचिव पाण्डेसँग समन्वय गरेर नै पुरानै हाकिमलाई निरन्तरता दिन आग्रह गरिएको बताउनुभयो । ‘नयाँ आउने भनिएका सरसँग समन्वय भएको हो, त्यसपछि हामीले यो पत्र पठायौँ,’ उहाँले भन्नुभयो ।
नगर उपप्रमुख कमलसिंह बोहराले भने पहिलोपटक सचिवस्तरको कर्मचारी आउँदा सुखद पक्ष रहेको बताउनुभयो । ‘नगरप्रमुखज्यूले किन पुरानै कार्यालय प्रमुखलाई निरन्तरता दिन खोजेका हुन् ? किन यो पत्र मन्त्रालयमा पठाए उनलाई थाहा होला, मलाई थाहा भएन तर पहिलोपटक उपसचिवस्तरका कर्मचारी आउँदा राम्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो । दरबन्दीअनुसारको पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाउँदा अस्वीकार गरेपछि अहिले नगरपालिकाको चौतर्फी आलोचना भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच