काठमाडौं । विष्णु ढकालको उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माको प्रमुख आतिथ्यतामा लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, चलचित्रकर्मी तेज गिरी, मनोविद तथा लेखक डा.विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई, लेखकका काका हरि ढकाल र ससुराबुबा लक्ष्मणराज ज्ञवालीले कृतिको संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमका सभापति तथा शिखा बुक्सका सञ्चालक पौडेलले राम्रो औपन्यासिक कृति बजारमा आएकाले सबैलाई पढिदिन आग्रह गर्नुभयो । पुस्तकमाथि समीक्षा तथा शुुभकामना मन्तव्य राख्दै कलाकार गिरीले काठमाडौंको लाजिम्पाटमा पाँच तलाको घर बनाउनुभन्दा ठूलो खुशी यो पुस्तकले लेखकलाई दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनको सफलताभन्दा ठूलो अरू केही रहेनछ ।’
मनोविद तथा लेखक डा.ज्ञवालीले आफूले यस पुस्तकको पाण्डुलिपि नै अध्ययन गर्ने मौका पाएको, यस पुस्तकमा छोटाछोटा वाक्यहरू रहेकाले उक्त प्रयोगको आफूले आफ्ना पुस्तक लेखनमा अनुसरण गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ । जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो ।’
त्यस्तै समीक्षा तथा शुुभकामना मन्तव्य राख्दै समाजशास्त्री प्राध्यापक भट्टराईले पुस्तकभित्र समेटिएका विषयवस्तु लयबद्ध रूपमा रहेको र पुस्तकमा समाजप्रतिको बोध रहेको बताउनुभयो । यस्तै पत्रकार तथा समालोचक बानियाँले पुस्तक समग्रतामा राम्रो रहेको बताउँदै यो उपन्यास आञ्चलिक उपन्यास भएको बताउनुभयो । यो उपन्यासको लेखनलाई बुद्धिसागरको कर्णाली ब्लुजसंग दाज्न सकिने बताउँदै उहाँले भाषिक हिसाबले पनि बलियो रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष शर्माले कृति सफलतासँगै लेखनको निरन्तरताको कामना गर्नुभयो । लेखक ढकाल विगत लामो समयदेखि ग्राणिम बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । यसको मूल्य ५२५ रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच