साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो ।

मंगलबार मुख्य प्रशिक्षक भगवती राना मगरले घोषणा गरेको टोलीमा गोलकिपरमा सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी परेकी छन् ।

साथै डिफेन्डरमा  अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेनु लिम्बु चबेगु अटाउँदा मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ परेकी छन् ।

फरवार्डमा दीपा रोकाया, वर्षा ओली र सेनु परियारलाई टोलीमा समावेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?