राष्ट्रपति निर्वाचनमा रास्वपाले भाग लियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो । पार्टीका प्रवक्ता एव्म महामन्त्री डा मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिनुभएको हो ।

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”

पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले भन्नुभयो, “बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार हाम्रा सांसदहरु मतदान गर्दै हुनुहुन्छ । आचारसंहिता लागू भएका कारण कसलाई मतदान गर्दैछौँ भन्न सक्दैनौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?