भायानेटको नयाँ प्रविधि

Read Time = 2 mins

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजिएस फाइबर प्रविधिमा आधारित दुई जिपिबिएस एक्सजिएस-एक्सट्रिम प्याकेजमार्फत् नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार एक्सजिएस-पिओएन अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्याण्ड टेक्नोलोजी हो, जसले १० जिपिबिएसको डाउनलोड र अपलोड स्पिड प्रदान गर्छ ।

हाल इन्टरनेट वितरणका लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क जिपिओएनमा आधारित छ । जसको अधिकतम डाउनलोड गति २.४ जिबिपिएस र १.२ जिबिपिएसको अपलोड हुन्छ ।

एक्सजिएस-पिओएनको लन्चसँगै ग्राहकले १० जिपिबिएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्ने बताइएको छ । हालका लागि नयाँ एक्सजिएस फाइबर प्रविधिमा आधारित उत्पादनको एक्सजिएस-एक्सट्रिम काठमाडौं उपत्यकाका सीमित क्षेत्रमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?