सामसुङ स्मार्ट प्लाजा धनगढीमा पनि

Read Time = 1 min

धनगढी । नेपालस्थित सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक धनगढीमा नयाँ सामसुङ स्मार्ट प्लाजा शाखा स्थापना गरेको छ ।

हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैयाका कलाधर ठाकुरले शुक्रबार प्लाजा उद्घाटन गर्नुभएको हो । कम्पनीका अनुसार सुविधासम्पन्न सामसुङ स्मार्ट प्लाजा ग्राहकको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत् सम्बोधन गर्न प्रतिबद्ध छ । ग्राहकले अब आफ्ना पुराना उपकरण र फोन ल्याई सामसुङका नयाँ उपकरणसँग पनि साट्न सक्नेछन् ।

सामसुङ स्मार्ट प्लाजाका सञ्चालक शिवशंकर ठाकुरले धनगढीका ग्राहकको बढ्दो मागको आपूर्तिका लागि सुविधासम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?