शुभम् पावरको आईपीओ बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । शुभम् पावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको  छ । यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?