कवि श्रेष्ठ र वेलवासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वनिता प्रकाशनले २५औं वार्षिकोत्सब (रजत जयन्ती) को अवसरमा कविद्वय नरेन्द्रबहादुर श्रेष्ठ र ठाकुर वेलबासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’ २०८० र २०८१ प्रदान गरिएको छ ।

नेपाली कविता साहित्यका अग्रज कवि केदारमान व्यथितको नाममा स्थापित २०८० को उक्त पुरस्कार श्रेष्ठलाई र २०८१ को पुरस्कार बेलवासेलाई प्रदान गरिएको हो ।

नेपाली कविता साहित्यमा पाँच दशकदेखि निरन्तर सक्रिय कवि श्रेष्ठ र कविता एवं पत्रकारितामा तीन दशकदेखि सत्रिय रहनुभएका बेलवासेलाई वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले नगद राशीसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

वनिताले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा सुवेदीलाई वनिता रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन २०८० बाट अभिनन्दन गरे पछि विभिन्न विधाका डेढ दर्जन स्रष्टालाई सम्मान एवं पुस्कार प्रदान गरेको हो ।

यसैगरी ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार २०८०’ बाट कथाकार किशोर पहाडी र २०८१ बाट कथाकार सुष्मिता नेपाल पुरस्कृत हुनुभएको छ ।

यस्तै ‘रन्जुश्रीदामोदर यात्रा वनिता पुरस्कार २०७९’ बाट निबन्धकार युवराज नयाँघरे र २०८० बाट प्रतीक ढकाल पुरस्कृत हुनुभएको छ ।

यसैगरी ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान २०८०’ बाट समालोचक प्राडा सावित्री कक्षपती र २०८१ बाट समालोचक फणिन्द्र निरौला पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा बालसाहित्यकारहरू शाश्वत पराजुली र छायादत्त न्यौपाने, संगीतकार राज सिग्देल, गायिका राधिका भण्डारी, अनुवादक राजेन्द्र गुरागाई, कवि रश्मि रिमाल, साहित्यकारहरू हरि बराल, संगीतकार मन्जु नकर्मीलगायतका स्रष्टाहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।

वनिता प्रकाशनकी प्रकाशक, सम्पादक प्राज्ञ लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, वरिष्ठ साहित्यकारहरू मन्जुल, अशेष मल्ल, राधेश्याम लेकाली, उन्नती बोहरा शीला, जलेश्वरी श्रेष्ठ, गोपीकृष्ण प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।

ई महेन्द्र गुरुङले स्वागत गर्नु भएको सो कार्यक्रममा ह्यापी किड्स मन्टेश्वरीका स–साना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?