कांग्रेसका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांंग्रेसका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त भएका छन् ।

सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गर्नुभएको हो ।

म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई मंगलवार नियुक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?