नव निर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गर्नुभएको छ ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको उहाँले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गर्नुभएको हो ।
आइतबार उहाँले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिनुभएको छ । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाउनु भएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु हुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख समेत रहनुभएको पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?