वसन्त सिजनमा ७ पर्वतारोहीद्वारा धौलागिरि आरोहण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 1 min

म्याग्दी । यस वर्षको वसन्त ऋतुको सिजनमा बुधबार (आज) सम्म सात पर्वतारोहीहरुले संसारको सातौं अग्लो हिमाल धौलागिरि प्रथमको सफल आरोहण गरेका छन् ।

आज (बुधवार) विहान नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा गरी पाँच जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् ।

त्यसैगरी गत वैशाख ३१ गते पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले सिजनकै पहिलो धौलागिरि हिमाल आरोहण गरेका थिए ।
धौलागिरि हिमालमा यस सिजनमा ११ जना महिलासहित ३५ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । जसमध्य सेभेन समिटबाट २६ जना र बाँकी इलाईट एडभेन्चर र पाइनर एडभेन्चरबाट आरोहणमा गएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?