सजिलो रेन्टलको ‘कारपुल’ सेवा

Read Time = 3 mins

काठमाडौं । नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्ट सुविधा प्रदान गर्दै सजिलो रेन्टलले ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत् ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने सेवा सञ्चालन गर्दै आएको छ । सन् २०२१ को जनवरीदेखि सञ्चालनमा आएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बस सजिलो गरी उपलब्ध गराउँदै आएको छ ।

परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपर्दा गाडी रिजर्भका लागि समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरिएको कम्पनीका संस्थापक दामोदर फुयाल (प्रज्वल) ले बताउनुभयो । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख शहर पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौंमा सेवा प्रदान गर्दै आएको छ । यात्राका क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

ग्राहकले न्यूनतम चार घण्टादेखि एक महिना वा सोभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कार्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टलका ग्राहकले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नुपर्दैन भने वित्तीय पारदर्शिता पनि प्रवद्र्धन गर्ने योजना रहेको व्यवस्थापक जनार्दन गौतमले बताउनुभयो । पछिल्लो समय कम्पनीले ‘कारपुल’ समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउँछन् । यो अवधारणा नेपालमा कोरोना र नाकाबन्दीको समयमा चलेको थियो ।

कारपुलअन्तर्गत ग्राहकले सजिलै आफ्नो गन्तव्यमा पुग्न सोही ठाउँमा जाने योजना बनाएका यात्रुबीचमा सम्पर्क गराउँछ । यो फिचर प्रयोग गर्दा यात्रुले कम्पनीलाई कुनै शुल्क बुझाउनुपर्दैन । सञ्चालनमा आएको एक वर्षमै कम्पनीले नेपालभर करिब दुई हजार पाँच सय गाडीमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?