वल्र्ड राईजिङ स्टार प्रतियोगितामा प्रसुनजंग पोखरेल विजयी

Read Time = 2 mins

काठमाडौं । जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वल्र्ड राइजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी हुनुभएको छ । प्रतियोगितामा उहाँले राष्ट्रिय पोसाक टाइटल पनि जित्न सफल हुनुभएको थियो ।

थाइल्याण्डको टिन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप हुनुभएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँ नेपालको डिएसए सिंगिङ स्टार २०१९ का विजेता पनि हुनुहुन्छ ।

परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डिएसए स्टार २०१९ मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै प्रसुन जर्जिया पुग्नुभएको थियो ।

त्यहाँ उहाँले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम स्पर्धा गर्नुभएको थियो । उपाधि चुमेवापत शनिबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसुनलाई विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा शुभकामनासहित अवार्ड हस्तानतरण गर्नु भएको थियो ।

सो कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिइयो मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा र परिवर्तन इभेन्ट हाउस निर्देसक राज बराइलीलगायत सहभागी हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?