भारतमा किरणलाई सर्वोत्कृष्ट गोलकिपरको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतमा सम्पन्न हिरो आई लिग २०२२/२३ फुटबलमा उत्कृष्ट गोलकिपरको उपाधि जित्नुभएको छ । आई लिगको समापनमा आइतबार राती पञ्जाब एफसीबाट खेलिरहनुभएका किरणलाई उत्कृष्ट गोलकिपरको उपाधि दिइएको हो ।

भारतमा यो किरणको दोस्रो सर्वोत्कृष्ट गोलरक्षकको उपाधि हो । यसअघि सोही क्लबबाट खेल्दै किरणले दुई वर्षअघि पनि आई लिगमा उत्कृष्ट गोलकिपरको उपाधि जित्नुभएको थियो । त्यसअघि सन् २०१८ मा माल्दिभ्सको टिसी स्पोर्ट्सबाट खेल्दै किरण उत्कृष्ट गोलकिपर चुनिनुभएको थियो ।

किरण सम्मिलित टोली राउण्ड ग्लास पञ्जाब यसअघिको खेलमा नै विजयी हुँदै आई लिग च्याम्पियन बनेको थियो । च्याम्पियन पञ्जाब इण्डियन सुपर लिग (आइएसएल) का लागि छनोट भइसकेको छ । अन्तिम खेलमा पनि आइतबार जित हासिल गर्दै पञ्जाबले ५२ अंकका साथ यो सिजनको अन्त्य गरेको छ ।

पञ्जाबले टिडिम रोड एथलेटिक युनियन एफसी (टिआरएयू) लाई २-० ले हराएको थियो । २२ खेलमा १६ खेल जितेको पञ्जाबले चार खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?