भोजपुर ट्रेल रेसको उपाधि अर्जुन र नितुलाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सरकारले सूचीकृत गरेको एक सय पर्यटकीय गन्तब्य मध्येकोे भोजपुरको मुन्दुम पदमार्गलाई चिनाउँदै आन्तरिक तथा बाह्य प्रर्यटन प्रवर्धनका लागि आयोजना भएको पाँचौ मुन्दुम ट्रेल रेसको उपाधि अर्जुन कुलुङ राई र नितु तामाङले जित्न सफल हुनु भएको छ ।

५५ किलोमिटर ट्रेल रेसमा पुरुषतर्फ राई र महिलामा तामाङ उत्कृष्ठ हुनु भएको हो । बाघखोरबाट सुरु भएको रेस तीन हजार एक सय मिटर उचाईको टेम्केडाँडा हँुदै २२ सय मिटर उचाईको तावाभञ्ज्याङमा पुगेर सम्पन्न भएको थियो ।

रेसमा पूर्वको इलाम, पाँचथर देखि पश्चिम जाजरकोट लगायतका १३ जिल्लाका एक सय ९० जना धावक-धाविकाको सहभागिता रहेको थियो ।

ट्रेल रेसमा १६ वर्षदेखि ४० वर्षसम्मको समुहको पुरुषमा राई पहिलो हुनु भयो भने उमेश राई दोश्रो र अशोक बम तेश्रो हुनुभयो ।

यस्तै महिला तर्फ नितु पहिलो स्थानमा आउँदा जुलीन राई दोश्रो र सुनकला लिम्बु तेश्रो हुनु भयो ।

यस्तै ४० वर्ष उमेर माथिको समुहमा दुर्गधन राई प्रथम र टेक बहादुर थापा दोश्रो हुनुभयो । रेसमा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र सान्त्वनालाई ५÷५ हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएकोे थियो ।

रेस प्रतियोगिताले पदमार्गको प्रबद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरमा समेत साहसिक खेलको सम्भावना उजागर गरेको आयोजक रिमाचुङ एजुकेशन स्पोर्टस् एकेडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले बताउनुभयो ।

रेसका लागि टेम्के मैयुङ गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । पर्यटन प्रवर्धनसँगै खेदकुद क्षेत्रको बिकासका लागि प्रत्येक बर्ष ट्रेल रेसको आयोजना हुदै आई रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?