तानसेनमा जेसिबीको आधिकारिक सेवा केन्द्र

Read Time = 3 mins

पाल्पा । जेसिबीको आधिकारिक सेवा केन्द्र पाल्पाको तानसेनमा सञ्चालनमा आएको छ । नेपालस्थित जेसिबी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तानसेनको भिमसेन टोलमा आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

विगत लामो समयदेखि पाल्पामा एमएडब्लुको मोटरसाइकल तथा स्कुटरको आधिकारी बिक्रेताका रूपमा रहेको ज्ञानेन्द्र अटो वक्र्सले ज्ञानेन्द्र अर्थमुभर्स प्रालिका रूपमा जेसिबीको आधिकारिक सेवा केन्द्रको स्वीकृत पाएको छ । एमएडब्लु अर्थमुभर्स प्रालिले ज्ञानेन्द्र अर्थमुभर्सलाई एक कार्यक्रमबीच जेसिबीको आधिकारिक सेवा केन्द्रको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

एमएडब्लु अर्थमुभर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले ज्ञानेन्द्र अर्थमुभर्सका सञ्चालक ज्ञानेन्द्रकाजी शाक्य र वीरेन्द्रकाजी शाक्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रमाणपत्र हस्तान्तरणसँगै सेवा केन्द्रको उद्घाटनसमेत गरिएको छ । सेवा केन्द्रको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

एमएडब्लु अर्थमुभर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जेसिबीप्रतिको जनविश्वास बढ्दै गएकाले सबै स्थान र क्षेत्रमा सेवा विस्तार गर्दै आइएको बताउनुभयो । सो अवसरमा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, निर्माण व्यवसायी संघ पाल्पाका कार्यवाहक अध्यक्ष वरुणप्रसाद रेग्मी, एमएडब्लु अर्थमुभर्स प्रालिका च्यानल सेल्स हेड कञ्चन सिलवाललगायतले स्थानीयस्तरमै आएको जेसिबीका सेवालाई सबैले प्रयोग गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको थियो । जेसिबीका एस्काभेटर, ब्याकहोरोलर, कम्प्याक्टरलगायत उत्पादन रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?