काठमाडौं । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा हुन लागेको रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधिकसहितको टोली सिक्किम प्रस्थान गरेको छ । शोको टिम बिहीबार काठमाडौंबाट सिक्किमका लागि प्रस्थान गरेको हो । टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाइ गर्नुभएको थियो ।
यो शो एपिवान टेलिभिजनमार्फत् अप्रिलबाट प्रसारणमा आउँदैछ । नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताउनुभएको छ । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण शोले दिने बताउनुभयो ।
गायक, संगीतकार तथा र्यापर विनोद ढकाल निर्णायक रहने उक्त अडिसन सिक्किमसहित दार्जिलिङ र सिलिगुडीमा हुँदैछ । सिलिगुडीको अडिसनपश्चात् नेपालका झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुँदै अन्त्यमा काठमाडौंमा रहनेछ । जसअनुसार फेब्रुअरी १७ मा सिक्किमको रेमन्ती संगीत एकेडेमी, फेब्रुअरी १९ मा दार्जिलिङको होटल युमा, फेब्रुअरी २१ मा सिलिगुडीको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोडस्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन इन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाइडस्थित क्लब सिक्स्टिन र २१ एवं २२ फागुनमा काठमाडौंमा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच