सिद्धार्थको एक्सटेन्सन गेटा आँखा अस्पतालमा

Read Time = 1 min

काठमाडौं । सिद्घार्थ बैंकले आइतबार गोदावरी नगरपालिका कैलालीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गोदावरी नगरपालिकाका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहजरूपमा पुर्‍याउने उद्देश्यका साथ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । पछिल्लो एक्सटेन्सन काउन्टरसँगै सिद्घार्थको कुल शाखा सञ्जाल संख्या १९५ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?