उदयपुरको ताप्लीमा महिला सञ्जालले बालविवाह न्युनिकरण गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा ताप्ली गाउँपालिकामा युवा महिला सञ्जाल गठन भएको छ । रुपाटारस्थित सभाकक्षमा आयोजित युवा तथा महिला भेलाले स्थानीय तिजा मगरको अध्यक्षतामा सञ्जाल गठन भएको हो ।

भेलाले मगरकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा बिबिशा दियाली चयन हुनुभएकाे छ भने सचिवमा कामना श्रेष्ठ र कोषाध्यक्षमा सफलता श्रेष्ठ छानिएको आयोजक स्रोत केन्द्रले जनाएको छ ।

कार्य समितिमा रञ्जना मगर, खेमकुमारी श्रेष्ठ, अञ्जना खड्का, सुजता खड्का, मञ्जु राई बिनमाया मगर र अञ्जु राई सर्बसम्मत सदस्य चयन भएका छन । भेला समापनको अवसरमा गाउँपालिका उपाध्यक्ष धना मगरले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्य सफलताको कामना गर्नुभएकाे थियाे ।

उहाँले समाजमा अहिले पनि बालविवाहजस्तो जघन्य आपराधिक काम अभिभावक र सामाजिक अगुवाहरुबाटै भईरहेको भन्दै यस्तो बिकृति हटाउन सञ्जालले ठोस रुपमा कदम चाल्नुपर्ने बताउनुभयाे ।

बालविवाह न्यूनिकरण र महिला तथा बालबालिकामाथि हुने सबैखाले हिंसा कम गर्दै अन्त्य गर्ने कार्यक्रम ल्याउन पनि उहाँले सञ्जाललाई सुझाउनुभयाे । भेलाको अवसरमा बालविवाह न्यूनिकरणसम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?