हराईरहेकी बृद्ध महिलाको शव छेदविच्छेद अवस्थामा फेला

Read Time = 3 mins

-राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका‐६ मा बृद्ध महिलाको शब स्याल कुकुरले खाएको अवस्थामा फेला परेको छ । घोराखोरीबाट डाँडागाउँ जाने भित्री सडक अन्तर्गत कुईके पाखामा शव फेला परेको हो । उक्त शव सोही गाउँपालिका‐४ पुरानागाउँकी ८८ वर्षिय बृद्ध नन्दमाया बुढाथोकीको भएको प्रहरीले जनाकारी दिएको छ ।

कुइके पाखाको सडकमा कुकुरले खाँदै खेलाउदै, घिसार्दै गरेको अवस्थामा २४ गते शुक्रबार विहान करिव ७ः३० बजेको समयमा स्थानियबासीले फेला पारेका थिए । निज बृद्ध महिला डाँडागाउँस्थित छोरीको घरमा बस्दै आउनु भएको थियो ।

कार्तिक २० गते सोही वडाको चिप्लेटीमा भदाको घरमा जान भनी हिड्नु भएको थियो । अहिले सम्म पनि भदाको घरमा पनि नपुगेकी र घरमा पनि नफर्किएकीले खोजी कार्य गरिहेका थिए । २४ गते विहान करिब ७ः३० बजेको समयमा स्थानियबासी हिड्ने क्रममा सडकको बिचमै कुकुरले, स्यालले खाएर छेदबिच्छेद भएको अवस्थामा फेला पारेका थिए । कम्मर भन्दा मुनीको सम्पुर्ण भाग र छातीको सम्पुर्ण भाग खाएको अवस्थामा रहेको स्थानिय बासीले बताएका छन् । लडेर मृत्यु भएको र मृत्यु पश्चात जंगलबाट स्यालले खाँदै घिसार्दै सडक सम्म ल्याएको हुन सक्ने स्थानियबासीले आशंका गरेका छन् । घट्ना के कसरी भएको हो, अनुसन्धान पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।

कुनै अन्य ठाउँबाट घिसार्दै ल्याएर सडको छउमा ल्याई छोडेको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । स्थानियले उक्त शव फेला पार्नेबितिक्कै प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी घोराखोरीबाट प्रहरी गई घट्नास्थल सुरक्षीत गरीएको थियो । थप कानुनी प्रकृयाका लागी ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षकको टोली गई आवश्यक प्रकृया पुरा गरी शवको पोष्टमार्टमका लागी पठाईएको प्रहरीले जानकारी दिएको छ । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

प्रायः हिडीराख्ने भएकाले परिवारले पनि खासै वास्ता नगरेको खुल्न आएको छ । पुरानागाउँ घरमा कोही नभएपछि सहारा लिनको लागी छोरीको घर डाँडागाउँ गएर बस्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?