नर्भिकमा निःशुल्क सचेतना

Read Time = 1 min

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी चैत ७ गते बृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्नेछ । नर्भिकको नर्सिङ ट्रेनिङ हलमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा उपलब्ध गराउने भएको छ ।

सो अवसरमा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा उपलब्ध गराउने हस्पिटलले जनाएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिबार युरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवासमेत सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?