काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौँ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले कीर्तिमानी प्रदर्शन गर्नुभएको छ ।
११–अण्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड कायम गर्नुभएको हो । सूर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारंगापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०-अण्डर ६२ खेल्दै रेकर्ड बनाउनुभएको थियो । उक्त रेकर्ड १० वर्षपछि शुक्रले तोड्नुभएको हो ।
गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११-अण्डर ६१ खेल्दै समग्रमा १८-अण्डर १२६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पार्नुभएको छ । ९-अण्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५-अण्डर १२९ सहित दोस्रो स्थानमा रहनुभयो । ९-अण्डरको स्कोरमा उहाँले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गर्नुभयो ।
एमेच्योर खेलाडी सदभाव आचार्य ३-अण्डर ६९ खेल्दै समग्रमा ३-अण्डर १४१ को स्कोरसहित तेस्रो स्थानमा उक्लिनुभएको छ । नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १-अण्डर १४३ सहित संयुक्तरूपमा चौथो स्थानमा हुनुहुन्छ ।
सुवासले १-अण्डर ७१ र जयरामले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाउनुभयो । यसैगरी १-ओभर ७३ स्कोर गर्दै समग्रमा इभन-पार १४४ सहित निरज तामाङ छैटौँ स्थानमा रहनुभएको छ । २-अण्डर ७० जोड्दै समग्रमा १-ओभर १४५ सहित भुवनकुमार रोक्का सातौँ स्थानमा रहनुभयो ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३-ओभर १४७ को नतिजामा संयुक्तरूपमा दशौँ स्थानमा रहनुभएको छ ।
प्रतियोगितामा ३१ प्रोफेसनल र नौ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै एक लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ५५ हजार र ४७ हजार हात पार्नेछन् । उत्कृष्ट २१ ले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच