उदयपुरको बेलकामा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन

हिमालय टाइम्स
Read Time = 2 mins

-सराेज निराैला

उदयपुर । लामो समयदेखी खानेपानीको समस्या भोगिरहेका उदयपुरको बेलका नगरपालिका-८ खसटोलका स्थानियहरुको लामो समयदेखीको खानेपानीको समस्या समाधान हुने भएको छ।

उदयपुरको बेलका नगरपालिका-८ खसटोलमा साप्ला खोला ग्रामिण सौर्य खानेपानी आयोजना उद्घाटन सगै खानेपानी समस्याको समाधान हुने भएको हो ।

नगरप्रमुख अशोक कार्की, जर्मनीको काठमाण्डौ स्थित राजदुतावासका डेपुटी हेड अफ मिसन डा. स्टेफन र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा आयोजनाको उद्घाटन गर्नुभएको हो ।

नेपाल सरकार उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (एइपिएस्) र जर्मन सहयोग नियोग अन्तर्गत (केएफडब्लु)को ७० प्रतिशत र बेलका नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा लिफ्टिङ खानेपानी आयोजनाको निमार्ण सम्पन्न भएको हो ।

लामो समयदेखी खानेपानीको समस्या भोगिरहेका त्यस क्षेत्रका एक सय घरिपरिवार उक्त आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले खानेपानीको चरम समस्या भोगिरहेका नागरिकहरुलाई लिफ्टिङ प्रबिधिबाट सेवा पुर्‍याउन पाउँदा आफुलाई गर्ब लागेको बताउनुभयो ।

उहाँले आयोजना सम्पन्न गर्न सहयोग गर्नुहुने वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र, जर्मन सरकार र स्थानीयहरुलाई धन्यवाद् व्यक्त गर्नुभयो । कुल १ करोड ६१ लाखको लागतमा साप्ला खोलाको पानी सोलार प्रबिधिबाट लिफ्टिङ गरि बस्तिस्तरमा पुर्‍याईएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?