बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाइएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले तीन बर्षअघि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट प्राप्त एम्बुलेन्स फिर्ता पठाएको हो । बेला–बेला बिग्रिरहने र मर्मत खर्च बढी लाग्ने भएकाले मन्त्रालयलाई बुझाइदिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो । मन्त्रालयलबाट प्राप्त एम्बुलेन्स पहाडी जिल्लाका ग्रामीण सडकमा सञ्चालन गर्न असहज हुने गरेकाले एक महिनाअघि मन्त्रालयलाई बुझाएको उहाँले बताउनुभयो ।
‘मन्त्रालयले उपलब्ध एम्बुलेन्स ठुलो र खर्चिलो धेरै भयो, हामीले मन्त्रालयलाई नै फिर्ता पठाइसकेका छौ’ उपाध्यक्ष भट्टले भन्नुभयो । अब पालिकाको बजेटले ग्रामीण सडकहरुमा सञ्चालन गर्न सकिने आफ्नै एम्बुलेन्स र एम्बुलेन्समा गाउँबाट बिरामीलाई पठाउँदा बाटोमै बिग्रीने र इन्धनपनि धान्न नसकिने भएकाले फिर्ता पठाएको उपाध्यक्ष भट्टको भनाई छ ।
मन्त्रालय २०७६ कार्तिक १७ गते गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । एम्बुलेन्स सुविधा सम्पन्न भएपनि सडक फराकिलो नहुँदा सञ्चालन गर्न नसकिएको पालिकाले जनाएको छ । एम्बुलेन्स नागरिकहरुका लागि खर्चिलो भएकाले कार्यपालिकाबाट निर्णय गरेर मन्त्रालयलाई बुझाएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । कुलाउ स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक बर्षदेखि बिग्रीएर धनगढीमा थन्किएको थियो । गाउँपालिकाले एम्बुलेन्स मर्मतमा चासो नदेखाएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो ।
बन्द रहेका एम्बुलेन्सहरुलाई स्थानीय तहहरुले मर्मतमा चासो नदेखाउँदा बिरामीहरुले महँगो शूल्क तिरेर निजी सवारी साधनहरु बुकिङ् गरेर अस्पताल जानु पर्ने बाध्यता रहेको छ । सोही समयमा अर्थात बिसं २०७६ कार्तिकमा सुदूरपश्चिमको सामाजिक बिकास मन्त्रालयले डिलाशैनीको गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स पनि एकबर्ष देखी बन्द रहेको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बिग्रीएर बन्द अवस्थामा रहेको सो एम्बुलेन्स मर्मत गरेर प्रदेश सरकारको सामाजिक मन्त्रालयलाई नै फिर्ता गर्ने निर्णय भएको बताउनुभयो । ‘पालिकाले सो एम्बुलेन्स सञ्चालन गर्न सक्ने अवस्था छैन, मन्त्रालयलाई नै फिर्ता पठाउने तयारीमा रहेका छौ’ उहाँले भन्नुभयो ।
सुरुको केही समय सम्म राम्रो संग सञ्चालनमा आएपनि त्यसपछि एकबर्ष देखि बन्द अवथामा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष यज्ञ भट्टले जानकारी दिनुभयो । पालिकासंग जोड्ने सबै सडक कच्ची भएकाले उक्त सडकहरुमा एम्बुलेन्स सञ्चालन गर्न नसकीएको उहाँले बताउनुभयो । ‘गाउँपालिकाले नयाँ एम्बुलेन्सका लागि रेडक्रसको केन्द्रीय कार्यालय संग माग गरेका छौ’ उहाँले भन्नुभयो ‘हामीले आवश्यक प्रक्रिया सुरु गरीरहेका छौ’ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन बर्ष अघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको थियो । करोडौँ रकम खर्च गरेर मन्त्रालयले उपलब्ध गराएका अधिकांश एम्बुलेन्सहरु सञ्चालनमा छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच