पूर्वराजा शाहलाई आज नागरिक अभिनन्दन गरिँदै

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिँदै छ ।

राजावादी नेताहरू केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने अनुमान गरिएको छ ।

कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।

तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?