कतारका राजाको नेपाल भ्रमणको अवसरमा मंगलवार सार्वजनिक बिदा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा सरकारले मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

कतारका अमिर (राजा) दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदै हुनुहुन्छ । सरकारले विदेशी राष्ट्र प्रमुख नेपाल आउँदा सार्वजनिक विदा दिने गरेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?