बार्सिलोना । युरोपेली च्याम्पियन्स लिगमा समूह ‘एच’को खेलमा बार्सिलोना युक्रेनियन टोली शाख्तर डोनेत्सकसँग पराजित भएको छ । बार्सिलोना १-० को गोल अन्तरले पराजित भएको हो ।
खेलको ४०औँ मिनेटमा शाख्तरले खेलमा अग्रता बनायो । सुडाकोभको लङ-रेन्ज स्विचपछि राइट-ब्याक गोचोलिशभिलीको राम्रो क्रसमा हेडरमार्फत् गोल गर्दै ड्यानीलो सिकानले खेलमा अग्रता दिलाउनुभयो ।
बार्सिलोनाले भने बराबरी गर्ने कुनै स्पष्ट मौका सिर्जना गर्न नसक्दा खेल सुम्पियो । यस्तै सोही समूहअन्तर्गत मंगलबार राती सम्पन्न अर्को खेलमा पोर्टोले रोयल एन्टवर्पलाई २-० ले हराएको छ । हारपछि चार खेलमा तीन जित र एक हार बेहोरेको बार्सिलोना नौ अंकसहित पहिलो स्थानमा छ । नौ अंक नै रहेको पोर्टो दोस्रो रहँदा शाख्तरको चार खेलमा ६ अंक रहेको छ । एन्तवर्प बिना कुनै अंक पुछारमा छ ।
यता समूह ‘एफ’मा इटालियन टोली एसी मिलान र जर्मन टोली बोरुसिया डर्टमन्ड विजयी भएका छन् । एसी मिलानले पिएसजीलाई र डर्टमन्डले न्युक्यासल युनाइटेडलाई हराएको हो । एसी मिलानले २-१ को पुनरागमन जित हासिल गरेको हो । यस्तै सोही समूहकै अर्को खेलमा डर्टमन्डले न्युक्यासल युनाइटेडमाथि २-० को जित निकाल्यो । डर्टमन्डका लागि निकोलास फुलक्रुग र जुलियन ब्रान्ड्टले गोल गर्नुभएको हो ।
जितपछि समूहमा डर्टमन्ड चार खेलमा सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पिएसजी समान चार खेलमा दुई जित र दुई हारसहित ६ अंक जोड्दै दोस्रो छ । पाँच अंक रहेको मिलान तेस्रो र चार अंकसहित न्युक्यासल अन्तिम स्थानमा छ ।
यता इंग्लिस क्लब तथा साबिक विजेता म्यानचेस्टर सिटीले भने स्विस टोली योङ ब्वाइजमाथि ३-० को जित हासिल गर्यो । सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थप्नुभयो । यस्तै सोही समूहमा भएको अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो । समूहमा सिटीको शतप्रतिशत नतिजा रहेको छ । सिटी चार खेलमा १२ अंकसहित पहिलो स्थानमा छ ।
लाइपजिगको चार खेलमा तीन जितसहित नौ अंक छ । बेलग्रेड र योङ ब्वाइजको समान एक/एक अंक छ । यस समूहबाट सिटी र लाइपजिग दोस्रो चरणमा प्रवेश गरेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच