काठमाडौं । सांसदहरुलाई आग्रह राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाईल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
मंगलबार राष्ट्रियसभा बैठकमा उहाँले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराउनु भएको हो । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाईल चलाईरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भन्नु भएको हो । उहाँले भन्नु भयो, ‘माननीयज्यू मोबाईल स्विच अफ गर्नुस् ।’
सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच