उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका पाँच दलको संयुक्त अपील

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले आह्वान गरेका छन् ।

सरकार निर्माणका बेला दश दलीय गठबन्धन बनेपनि संयुक्त अपीलमा भने पाँच दल मात्रैको हस्ताक्षर रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रूपमा अपील गरेका हुन्।

संयुक्त अपीलमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर ठाकुरको हस्ताक्षर छ ।

गठबन्धनका तर्फबाट तनहुँ १ मा गोविन्द भट्टराई, चितवन २ मा जीत नारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवर उम्मेदवार रहेको जानकारी दिँदै साझा उम्मेदवारलाई विजयी गराउन नेता कार्यकर्तालाई निर्देशन दिइएको छ।

'गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था-संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप-निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ-आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं,' अपीलमा भनिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?