युएई र क्यानडालाई ओडिआई मान्यता

Read Time = 3 mins

दुबई । युएई र क्यानडाले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)को मान्यता प्राप्त गरेका छन् । नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सी र पपुवा न्युगिनीलाई पछि पार्दै युएई र क्यानडाले ओडिआई मान्यता प्राप्त गरेका हुन् ।

क्यानडाले २०१४ पछि पहिलो पटक ओडिआई मान्यता पाएको हो । युएई चार खेलमा तीनमा जित र एकमा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहँदै ओडिआई मान्यता पक्का गर्‍यो । क्यानडा चार खेलमा दुईमा जित र दुईमा हारसहित चार अंकका साथ चौथो स्थानमा रहँदै ओडिआई मान्यता पाएको हो ।

पपुवा न्युगिनी र जर्सी च्यालेन्जस लिगमा झरेका छन् । अमेरिका र नामिबियाले लिग-२ बाट ओडिआई जोगाएका थिए । यी दुई टोलीबाहेक शीर्ष दुई टोलीले ओडिआई मान्यता पाउने नियम थियो । त्यसैअनुसार युएई र क्यानडाले ओडिआई मान्यता पाएका हुन् ।

प्रतियोगिताका शीर्ष दुई टोली अमेरिका र युएईले आगामी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएका छन् । अमेरिकाले पाँच खेलमा चारमा जित र एकमा हारसहित आठ अंकका साथ विश्वकप छनोटमा स्थान पक्का गरेको छ । युएई चार खेलमा तीनमा जित र एकमा हारसहित तेस्रो स्थानमा छ । युएई अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो । पपुवा न्युगिनीलाई २१, क्यानडालाई ६ विकेट र नामिबियालाई २८ रनले हराउँदै विश्वकप छनोटमा पुगेको हो ।

विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्याण्डसँगै सुपर लिगको पुछारका पाँच र प्लेअफका शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् । प्लेअफबाट अमेरिका र युएई आएका छन् । सुपर लिगबाट नेदरल्याण्ड्स, श्रीलंका, वेस्टइण्डिज र जिम्बाबेले विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । आयरल्याण्डले छनोट खेल्ने उच्च सम्भावना छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?