अर्बपति चौधरीको सम्पत्ति बढ्यो

Read Time = 2 mins

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय डलर अर्बपति विनोद चौधरीको सम्पत्ति ३० करोड डलरले वृद्धि भएको छ । विश्वका धनाढ्यको सूची सार्वजनिक गर्ने फोब्र्स म्यागेजिनका अनुसार अर्बपति चौधरीको सम्पत्ति एक वर्षको अन्तरालमा १.५० बिलियन डलरबाट १.८० बिलियन डलर पुगेको हो ।

चौधरीको सम्पत्ति दुई खर्ब ३७ अर्ब ६७ करोड २० लाख रुपैयाँ नाघेको छ । गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । चौधरीले एक वर्षमा आफ्नो सम्पत्ति ३९ अर्ब ९६ करोड २० लाख रुपैयाँले बढाउनुभएको छ । सन् २०२२ मा चौधरीको सम्पत्ति १.५० बिलियन डलर थियो ।

सन् २०२३ मा विश्वका धनाढ्यको सूचीमा चौधरी १६४७औँ नम्बरमा उक्लिनुभएको छ । सन् २०२२ मा उहाँ १९६५औँ स्थानमा हुनुहुन्थ्यो । विनोद चौधरीले सिजी कर्प ग्लोबलमार्फत् संसारभर लगानी गर्दै आउनुभएको छ ।

नेपालमा नबिल बैंक, विश्वमा वाईवाई चाउचाउको निर्माता सिजी फुड्समा मुख्य लगानी रहेको छ । वाईवाई नेपाल, भारत, बंगलादेश, सर्बिया, इजिप्टलगायतका देशमा समेत उत्पादन हुन्छ । त्यस्तै, चौधरीको नेतृत्वमा ताज होटलसहित एक सय ४३ ठूला तथा लक्जरी होटलमा लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?