नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरु सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैँ नदीमा मिसाउँदा नदी प्रदुषित भएको बताउनु भयो । उहाँले नदी प्रदुषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘सिर्सिया नदीको छेउमा उद्योग तथा कलकारखानाहरु छन् । तर प्रदुषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ, उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरु छन् । यि उद्योगहरुबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सिधै नदीमा फाल्ने गर्दछन् । यसरी खेलवाड गर्ने उद्योगलाई अहिलेसम्म कारबाही हुँदैन । मेरै जिल्लाको उद्योगमन्त्री बन्नुभएको छ, उहाँहरुलाई यो कुराको बढी अवगत छ । सरकारको आँखामा पट्टी बाँधिएको छ । सरकारलाई थाहा छ उद्योगीहरु बदमासी गरिरहेको छ । उद्योगीहरु नियम मिचिरहेको छ । नियमबाहिर प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ । तर सरकार मुकदर्शक भएको छ । त्यहाँको सिडिओले भन्छ, हामीले आदेश पाएमा २४ घण्टामा नियन्त्रण गर्छौ । तर आदेश कर्ता को हो ? कहाँ गएको छ ?’

सांसद यादवले उद्योगीहरुले बदमाशि गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?