उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैनः आयुक्त भण्डारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने बताउनु भयो । उहाँले आचारसंहिता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने बताउनु भयो । कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यो निर्वाचनमा हामीले आचारसंहिता लागू गर्नुपर्छ । आचारसंहिता लागू गर्ने प्रयोजनका लागि आज अर्थात मिति २०७९/१२/२३ गते निर्वाचन आयोगको पनि बैठक बसेको छ । निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिको पनि बैठक बसेको छ । चैत्र २४ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदी आचारसंहिता उल्लंघन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनको लागि केन्द्रिय आचारसंहिता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरु सबैलाई आचारसंहिता लागू हुन्छ, तत् निर्वाचन क्षेत्रमा मात्रै नभइ बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहीता लागू हुन्छ । कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहीता लागू गर्दै त्यो आचारसंहितालाई कडाईकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरुलाई कडाईका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहिता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहीता कार्यान्वयन गर्छौं । यदी कसैले उल्लंघन गर्छ भने उल्लंघन कर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहीता उल्लंघन हुनेछैन ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहिता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहिता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?