सरकार बिस्तार र न्युनतम साझा कार्यक्रम ल्याउन ढिलो गर्नु हुन्न थियो : सांसद बडू

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन बनिसकेपछि पनि यत्ति लामो समयसम्म सरकार बिस्तार गर्न र न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ गरेको बताउनु भयो । उहाँले सरकारको अहिलेको प्राथमिकतामा संघीयताको कार्यान्वयन, जर्जर रहेको आर्थिक अवस्था उकास्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने कुरा पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको आवश्यक्ता समयले खोजेको प्राथमिकता के हो ? भन्ने हो । त्यसलाई हामीले पहिचान गर्न सक्नुपर्छ । त्यसलाई प्राथमिकताअनुसार कार्यक्रम निर्धारण भयो भने कार्यान्वयन पनि हुन्छ भन्ने विश्वास हामी राख्नुपर्छ । अहिले सरकारले पनि पूर्णता ठ्याक्कै पाइसकेको छैन, पाउनुपर्ने हो, यसमा ढिलाइ भइरहेको छ । यत्ति ढिला पनि हुनु हुँदैन थियो । यसले केही बाँकी रहेपनि गठबन्धन सरकारले निर्धारण गर्नुपर्ने साझा न्युनतम कार्यक्रम सरकारले सार्वजनिक गरिसक्नुपर्ने हो, त्यसमा पनि ढिलाइ भइरहेको छ । अहिलेको आवश्यक्ता संघीयतालाई कार्यान्वयन गर्ने विषय हो, दास्रो अहिलेको आर्थिक अवस्था जर्जर छ, यसलाई कसरी उकास्ने र सबल अर्थतन्त्र निर्माण गर्ने भन्नेकुरा, आत्मनिर्भर अर्थतन्त्रको कुरा पहिलो प्राथमिकतामा पर्नुपर्छ, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने पनि हो ।’

सांसद बडूले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा लैजाँदा धेरै समय लाग्ने भएकाले संसदबाट नै टुंग्याउने कुरामा सरकार पक्षको जोड रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?