पृथ्वीको सबैभन्दा नजिक दुई नयाँ ब्ल्याक होल

Read Time = 3 mins

एजेन्सी । खगोलविद्हरूको आँखा प्रायः अन्तरिक्षमा हुने गर्दछ । हालैमा दुई नयाँ ब्ल्याक होल देखिएका छन् जुन यो भन्दा पहिला कहिल्यै देखिएका थिएनन् । यी दुई ब्ल्याक होल पृथ्वीको नजिक छन् र अन्य ब्ल्याक होलभन्दा फरक छन् । खगोलविद्को एउटा अन्तर्राष्ट्रिय टिमले यी ब्ल्याक होल पता लगाएको हो ।

गाया बीएच १ र गाया बीएच २ नाम दिइएका यी दुई ब्ल्याक होललाई युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को अन्तरिक्ष अन्वेषण गर्ने यान गायाले पत्ता लगाएको हो ।

गाया बीएच१ ब्ल्याक होल पृथ्वीबाट १५ हजार ५६० प्रकाश वर्ष टाढा छ । यो ब्ल्याक होल ओफिचस नक्षत्र (ताराहरूको समूह)कै दिशामा रहेको छ । ओफिचस पृथ्वीको भूमध्य रेखाकै खगोलीय भूमध्य रेखामा फैलिएको ठूलो नक्षत्र हो । गाया बीएच २ ब्ल्याक होल भने सेन्टौरस नक्षत्रतर्फ तीन हजार आठ सय प्रकाश वर्ष टाढा रहेको जनाइएको छ ।

यी ब्ल्याक होलहरू पृथ्वीबाट आजसम्म पत्ता लागेका अन्य ब्ल्याक होलभन्दा नजिक छन् । अन्यभन्दा यी ब्ल्याक होललाई ताराहरूले निकै टाढाबाट परिक्रमा गरेको पाइएको छ, यसले गाया बीएच १ र गाया बीएच २ लाई भिन्न बनाएको छ ।

सामान्य ब्ल्याक होलहरू एक्स-रे र रेडियो उत्सर्जनका कारण चम्किलो हुन्छन् । जसले तिनीहरूलाई फेला पार्न सजिलो बनाउँछ । तर, गाया बीएच १ र गाया बीएच २ पूर्णरूपमा अँध्यारो छन्, यसको कक्षमा रहेको अर्काे ताराको गुरुत्वाकर्षणको प्रभावबाट यी दुवै ब्ल्याक होल पत्ता लागेको खोजकर्ताले जनाएका छन् । यो खोज हालैमा मंथली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?