जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मानित गरिएको छ । नेकपा माओवादी केन्द्र जुम्लाले अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरेको हो ।
माओवादी निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उक्त जोडीलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिको हो । अध्यक्ष नेपालीले भन्नुभयो,“विद्यमान अवस्थामा उहाँहरुलाई ताकत दिने हौसला प्रदान गर्ने उद्देश्यले उहाँहरुको सम्मान गरिएको छ । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।
पार्टीले समाजमा विभेद भईरहेकै समयमै प्रोत्साहन दिने उद्देश्यले यो काम गरिएको दलित मुक्ति मोर्चाका अध्यक्ष नेपालीले जानकारी दिनुभयो । जुम्ला गुठिचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनुभयो । समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको छ । संघीयता, समानुपाति र समावेशीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएको नेकपा माओवादी केन्द्र जुम्लाका इन्चार्ज भण्डारीको भनाइ छ ।
कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अव हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच