ला-ट्रोब विश्वविद्यालयसँग दुई कलेजको सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपालको प्रतिष्ठित सफ्टेड ग्रुप अफ कम्पनीअन्तर्गतका सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्स र सनवे कलेजले अष्ट्रेलियाको ला-ट्रोब विश्वविद्यालयसँग सम्झौता गरेका छन् । सम्झौताबाट सफ्टवेरिका कलेज र सनवे कलेजमा बिएससी अध्ययन गर्ने विद्यार्थी लाभान्वित हुने बताइएको छ ।

उनीहरूले स्नातक पहिलो वर्ष अध्ययन गरेर दोस्रो वर्ष ला-ट्रोब विश्वविद्यालयको मेलबर्न क्याम्पसमा सम्बन्धित कार्यक्रममा सीधा स्थानान्तरण गर्न सक्ने बताइएको छ । यो महत्वपूर्ण सम्झौताले उल्लेखित दुई कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रेलियाको कलेजमा अध्ययन गर्दा आर्थिकरूपमा पनि केही राहत पुग्ने कम्पनीले जनाएको छ ।

विद्यार्थीलाई योग्यतामा आधारित छात्रवृत्ति उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सका अध्यक्ष विज्ञान श्रेष्ठ तथा सनवे कलेजका निर्देशक प्रमोद पौडेल र ला-ट्रोब विश्वविद्यालयका प्रोफेसर प्रकाश विराराघवनले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?