नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ ।

घरेलु टोली उल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा उल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो । गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो ।

यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा रहेको छ भने जितसँगै उल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?