उपवासको लाभ र जोखिम

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । हामीले दैनिक जस्तो भेट्ने मानिसहरू आज मेरो मंगलबारको फास्टिङ छ, आज मेरो आइतबार, आज मेरो बिहीबार, सोमबार, शनिबार यस्तै-यस्तै भनेको सुनिन्छ । विश्वमा करोडौं मानिस धार्मिक मान्यताले उपवास बस्ने गरेका छन् । सयौं वर्षदेखि विभिन्न धर्ममा उपवासको मान्यता रहिआएको छ ।

स्वास्थ्यका दृष्टिले भन्दा पनि धार्मिक मान्यताले उपवास बस्ने गरेका भए पनि आधुनिक विज्ञानले उपवासलाई स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानेको छ । पछिल्ला वर्षहरूका कयौं खोज-अनुसन्धानले कहिलेकाहीँ पूर्णतया वा आंशिक रूपमा उपवास बस्दा हाम्रो शरीरमा त्यसको सकारात्मक प्रभाव पर्ने पुष्टि गरेका छन् ।

उपवासको समयमा शरीरले खाद्यवस्तुबाट ऊर्जा प्राप्त गर्न सक्दैन । त्यस अवस्थामा शरीरले कलेजो र मांसपेशीमा सञ्चित ग्लुकोज उपयोग गर्छ । पछिल्लोपटक खाना खाएको आठ घण्टापछि मात्र शरीरले यसरी सञ्चित ग्लुकोज प्रयोग गर्न थाल्छ । जब सञ्चित ग्लुकोज सकिन्छ अनि शरीरले बोसो विघटन गरी ऊर्जा बनाउन सुरु गर्छ ।

अनुसन्धानकर्ताहरूले क्यालोरी उपभोगको मात्राअनुसार उपवासलाई व्याख्या गरेका छन् । सबैभन्दा प्रचलित मान्यता भनेको हप्तामा पाँच दिन आवश्यक पर्ने क्यालोरीको आहारा खाने र बाँकी दुई दिन २५ प्रतिशतले क्यालोरी घटाउने । अर्थात् पुरुषले छ सय र महिलाले पाँच सय क्यालोरी कम खाना खाने । दि फस्ट डाइट पुस्ककका लेखक डा. माइकल मोस्लेले यसरी उपवास बस्दा रक्तचाप, कोलेस्टेरोल र इन्सुलिन व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभएको छ । हप्तामा एक दिन पानीमात्र पिउने गरी उपवास बसे मधुमेहको जोखिममा रहेका मानिसलाई धेरै सुरक्षा मिल्ने अनुसन्धानहरूमा जनाइएको छ ।

साउर्दन क्यालिफोर्निया विश्वविद्यालयका डा. भाल्टर लोंगोको नेतृत्वमा भएको एक अनुसन्धानले दुईदेखि चार दिन लामो उपवास बसे शरीरमा रोगसँग लड्ने शक्ति बढ्ने सुझाव दिएका थिए । यसो गर्दा शरीरको प्रतिरक्षा प्रणालीका पुराना कोषको स्थान नयाँ कोषले लिने गर्छन् ।

उपवासको समयमा शरीरले खाद्यवस्तुबाट ऊर्जा प्राप्त गर्न सक्दैन । त्यस अवस्थामा शरीरले कलेजो र मांसपेशीमा सञ्चित ग्लुकोज उपयोग गर्छ । पछिल्लोपटक खाना खाएको आठ घण्टापछि मात्र शरीरले यसरी सञ्चित ग्लुकोज प्रयोग गर्न थाल्छ । जब सञ्चित ग्लुकोज सकिन्छ अनि शरीरले बोसो विघटन गरी ऊर्जा बनाउन सुरु गर्छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका डा. राजेन महरूफ ऊर्जाका लागि बोसोको प्रयोग हुँदा मांसपेशी सुरक्षित राख्ने तर कोलेस्टेरोल कम हुने जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यस प्रक्रियामा शरीरबाट विष पनि बाहिर निस्कन्छ किनभने शरीरको कुनै पनि बोसोमा सञ्चित विष विघटन भएर शरीरबाट बाहिर जान्छ ।’ उहाँका अनुसार केही दिन उपवास बसेमा शरीरमा आनन्द महसुस गराउने यन्डोर्फिन हर्मोन रगतमा उत्पादन हुन्छ । जसले मानिसको स्वास्थ्यमा सुधार ल्याउँछ । सेल स्टेम सेल जर्नलमा प्रकाशित डा. लोंगोको टोलीले गरेको अनसुन्धानको विवरणमा भनिएको छ, ‘६ महिनासम्म समय-समयमा दुईदेखि चार दिन उपवास बस्दा मुसामा प्रतिरक्षा प्रणालीमा पुराना र क्षतिग्रस्त कोष नष्ट भएर नयाँ कोष सिर्जना भएका थिए ।’

स्वास्थ्यमा उपवासको फाइदै फाइदा भए पनि केही अवस्थामा यसको दुष्प्रभाव पनि छ । उपवासमा रहेका मानिसको शरीरमा जलवियोजन हुने गर्छ किनभने खानाबाट प्राप्त गर्ने पानी उसले पाइरहेको हुँदैन । त्यसैले उपवास बस्नु पहिले पर्याप्तमात्रामा पानी पिउनुपर्ने सल्लाह दिइएको छ ।

दिनभरि खाइरहने बानी भएको मानिसमा उपवासले तनाव सिर्जना गरेर निद्रा नलाग्ने हुन सक्छ । साथै उपवास अवधिमा जलवियोजन, अनिन्द्रा, भोक लाग्ने र टाउको दुख्ने समस्या आउने सम्भावना रहन्छ । उपवासको अवस्थामा खानाको अभावले आमाशयमा पाचक रस वा अम्ल उत्पादन पनि घट्छ । तर, उपवास बस्ने र खाना खान पाए हुन्थ्यो वा खानाबारेमा सोचिरहने हो भने मस्तिष्कले आमाशयलाई अम्ल उत्पादन गर्न सन्देश पठाउँछ । त्यस अवस्थामा आमाशयमा अम्ल बढेर छाती पोल्न थाल्छ । त्यसैले उपवास बस्दै हुनुहुन्छ भने खानातिर ध्यान नदिनुहोस् । आफ्नो स्वास्थ्यको ख्याल गर्दै उपवास बस्नु राम्रो । स्वास्थ्य कमजोर छ भने जबरजस्ती नगर्नुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?