मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
रासस

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2023-09-16 9:13 pm

मर्नु नराम्रो भए तापनि यी बाईक चालकहरुKO फुर्तिफार्ती अनि जताभावी बाईक चलाउने, जस्तै मान्छे हिँड्ने पेटीमा, उल्टो बाटो (गलत दिशा) मा+उनीहरुको हतारो…देख्दा धेरैभन्दा धेरै बाईक चालकहरुको मृत्यु हुनैपर्छ, अनि मात्रै बाईक चालकहरुले चेत्छन् कि…???

रिलेटेड न्युज

छुटाउनुभयो कि ?