गठबन्धनले पाँच वर्ष सरकार चलाउँछ : नेता सिंह

हिमालय टाइम्स
Read Time = 3 mins

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताउनु भएको छ । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सोमवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले यस्तो बताउनु भएको हो ।

देश अहिले गम्भीर संकटमा रहेको बताउदै महामन्त्री सिंहले गणतन्त्र र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेकोले प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा रहेको बताउनुभयो । सिंहले त्यो कुरालाइ सफल हुन नदिन सबै दलहरु सचेत हुनुपर्नेमापनि जोड दिनुभयो ।

विभिन्न घटनामा दोषी र भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने भन्दै सिंहले वर्तमान अवस्थामा अहिलेको गठबन्धन भत्कने कुनै सम्भावना नरहेको जिकिर गर्नुभयो ।

उहाँले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने विस्वास पनि व्यक्त गर्नुभयो । सिंहले नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सरकारलाइ समर्थन गरेको भएपनी सरकारले गरेका कामकारबाहीमा पुर्ण सन्तुष्ट नरहेको बताउनुभयो । उहाँले सरकारको गलत कामको भने बिराधगर्ने जिकिर गर्दे जनमोर्चा तत्काल मन्त्री मण्डलमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।

एक फरक प्रसंगमा महामन्त्री सिंहले अमेरिका लगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टीनै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गर्नुभयो । अमेरीकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफु अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको आरोप पनि लगाउनुभयो ।

चीनलाई साईजमा राख्न अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको सिंहको आरोप रहेको छ । सिंहले तेस्रो विश्वयुद्धको खतरा रहेको समेत बताउनुभयो ।

श्याम घिमिरे

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?