न्यायाधीश भुवन गिरी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । वैवाहिक बलात्कार आरोपमा प्रहरीले गिरीलाई आज सामाखुसीबाट पक्राउ गरेको हो ।

पत्नी आरती गिरी रावलले गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिनुभएको थियो ।

कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?