अख्तियारद्वारा राजस्व हिनामिना आरोपमा मालपोत प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जग्गा किनबेचका क्रममा उठेको राजस्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन दुईजना मालपोत प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पर्साका तत्कालीन मालपोत प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा तथा नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मंगलबार बिगो, जरिवाना र कैदसजाय मागदाबीसहित मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेको तथ्य र प्रमाणबमोजिम चार जनालाई राजस्व हिनामिनाको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार आव २०७२/७३ मा जग्गा किनबेचका क्रममा उठेको रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर सहितको राजस्व सरकारी कोषमा दाखिला नगरी कार्यालय प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि अघि बढेको अनुसन्धानलाई टुंगोमा पु¥याउँदै अख्तियारले राजस्व हिनामिनामा कार्यालय प्रमुखसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन मालपोत प्रमुख पोखरेलविरुद्ध उनको पालामा हिनामिना भएको ९३ लाख ६६ हजार २०९ रुपैयाँ बिगो, हिनामिना भएको राजस्वको दोब्बर जरिवाना र कैद सजायको मागदाबी लिएको छ ।

त्यस्तै, अर्का कार्यालय प्रमुख विश्वकर्माले दैनिक लिखत रजिस्ट्रेसनबापत संकलन हुने रकम उठाउने र बुझाउने सन्दर्भमा अनुगमन नगरी पदीय दायित्व निर्वाह नगरेको र केही रकम हिनामिना गरेको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विश्वकर्माविरुद्ध अख्तियारले एक लाख ४१ हजार ८२५ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना र कैद सजाय माग गरेको छ ।

तत्कालीन नासु गुप्ता र लेखापाल चौधरीविरुद्ध समान ९५ लाख आठ हजार ३४ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?