बायर्नमाथि सिटीको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीले म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

यो जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । म्युनिखलाई सेमिफाइनलमा पुग्न दोस्रो लिगमा कम्तीमा ४–० को जित आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?