काभ्रेमा धारिलो हतियार प्रहार गरी ९२ वर्षीया वृद्धाको हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काभ्रेमा धारिलो हतियार प्रहार गरी एक जनाले आफ्नै आमाको हत्या गरेका छन् । प्रहरीले हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् ।

उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?