निःशुल्क ६३ जनाको आँखाको शल्यक्रिया

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६३ जनाको मोतियाविन्दु र आँखाको शल्याक्रिया गरिएको हो । २८ पुरुष ३५ जना महिलाको सफल शल्याक्रिया गरिएको हो ।

चैत २८ र २९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो । दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४७८ जना विरामीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । जसमा २६१ जना पुरुष र २०७ जना महिलाले शिविरबाट सेवा लिएको संयोजक ढकालले बताउनुभयो ।

शिविरमा उपचार गर्न पुगेका विरामी मध्ये १९० जनालाई चस्मा समेत निःशुल्क वितरण गरिएको हो । गाउँपालिकामा रहेका आँखाका विरामीले उपचारका लागि तीन, चार दिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँमा शिविरको आयोजना गरि सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसिले बताउनुभयो ।

दुई दिन सञ्चालन भएको आँखा शिविरमा डाक्टर खतिवडाको नेतृत्वमा ११ जनाको समुहले आँखाको सबै विरामीको चेकजाच गर्नुका साथै सेवा प्रदान गरेको स्वास्थ्य संयोजक जैसिले बताउनुभयो ।

नेपाल नेत्र ज्योती संघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र ताँजकोट गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा निःशुल्क मोतियाविन्दु शल्याक्रिया आँखा शिविर सन्चालन भएको हो । शिविर मैला स्वास्थ्यचौकीमा सञ्चालन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?