धनगढीमा एक महिला डाक्टर मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । धनगढीमा एक डाक्टर मृत फेला पर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला पर्नुभएको हो । उहाँ आफ्नो घरमा मृत भेटिनुभएको हो ।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताउनुभयो । उहाँको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?